प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरू भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ।
प्राय: सोमबार र शुक्रबार मन्त्रिपरिषद बैठक बस्छ।
अरू दिन बैठक आह्वान भएमा आकस्मिक मन्त्रिपरिषद बैठक भन्ने चलन छ।