राष्ट्रिय युवा परिषद्को सदस्यबाट एलिजा ढकालले राजीनामा दिएकी छन्।
उनले मंगलबार परिषदको प्रशासकीय प्रमुख गेहनाथ गौतमलाई राजीनामा बुझाएकी हुन्।
उनी २०८२ वैशाख ११ गते नियुक्ति लिएकी थिइन्।
‘अघिल्लो सरकारबाट मनोनीत भएको कारण नैतिकताको आधारमा राजीनामा बुझाएको उनले बताएकी छन्।
'विशाल जनमत प्राप्त सरकारलाई सहयोग स्वरूप नयाँ नीति र नेतृत्व र कार्यक्रमहरू प्रभावकारी ढंगले हुन सकोस् भनेर राजीनामा बुझाएकी हुँ,’ उनले भनिन्।
त्यस्तै, युवार परिषद्को सदस्यबाट अधिराज रेग्मीले पनि राजीनामा बुझाएका छन्।