राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दल बैठक आह्वान गरेको छ।
बिहीबार सिंहदबारस्थित संसदीय दल कार्यालयमा मध्याह्न १२ बजे बैठक बस्ने एक सांसदले जानकारी दिए।
उनकाअनुसार पार्टी संसदीय दलले सांसदहरूलाई पठाएको कार्यसूचीमा संसदीय समितिका सभापतिहरू चयनको विषयमा छलफल गरिने उल्लेख छ।
प्रतिनिधि सभाअन्तर्गतका संसदीय समितिको सभापति चयनका लागि निर्वाचन आउँदो शुक्रबार तोकिएको छ।
रास्वपाका १८२ जना सांसद छन्।