नेपाली कांग्रेसले 'इलेक्सन ब्युरो' गठन गर्ने निर्णय गरेको छ।
यसअघि यस्तो ब्युरो कांग्रेसमा थिएन।
प्रवक्ता देवराज चालिसेका अनुसार आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले इलेक्सन ब्युरो गठन गर्ने निर्णय गरेको हो।
‘पार्टीले इलेक्सन ब्युरो गठन गर्ने निर्णय गरेको छ, उक्त ब्युरोको संयोजकको जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई दिने निर्णय भएको छ,’ बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता चालिसेले भने।
प्रवक्ता चालिसेका अनुसार इलेक्सन ब्युरो पार्टीले निर्वाचनका बेला बनाउने गरेको केन्द्रीय निर्वाचन परिचालन समितिभन्दा फरक प्रकृतिको हो।
‘निर्वाचनका बेला गठन गरिने निर्वाचन परिचालन समितिभन्दा फरक संरचना हो यो,’ उनले भने, ‘यो स्थायी संरचना हो र यसले ५ वर्ष नै काम गर्छ, चुनावका बेलामा मात्र होइन।’
उनकाअनुसार निर्वाचन ब्युरोले खासगरी आन्तरिक र रणनीतिक विषयमा काम गर्छ।