नेपाली कांग्रेसले अरू दलहरूसँग संवाद गर्न समिति गठन गरेको छ।
पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको संयोजकत्वमा समिति गठन गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको हो।
‘संसदभित्र र बाहिर रहेका दलहरूसँग संवाद गर्न पार्टीका नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता तथा संवाद समिति गठन गर्ने निर्णय भएको छ,’ उनले भने।