नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको छ।
आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
‘महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा क्रियाशील व्यवस्थापन समिति गठन गरिएको छ। उक्त समितिमा सहमहामन्त्रीहरू योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य हुनुहुन्छ,’ उनले भने।
कांग्रेसले असोजमा १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइसकेको छ। वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्न अभियान सुरू भएको छ।
क्रियाशील सदस्यता टुंगिएपछि मात्रै कांग्रेसको अधिवेशनहरू सुरू हुनेछन्।