नेपाली कांग्रेसले संगठन सञ्चालन तथा समन्वय समिति गठन गरेको छ।
आज केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिले महामन्त्री घिमिरेको संयोजकत्वमा उक्त समिति गठन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनका अनुसार समितिमा सहमहामन्त्रीहरू बहादुर सिं लामा तामाङ र मुक्ताकुमारी यादव सदस्य छन्।
यो समितिले केन्द्रीय कार्यालयमा रहेर संगठन सञ्चालन तथा समन्वय लगायतको काम गर्छ।