राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन्।
बिहीबार बसेको पार्टी संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको एक सांसदले बताए।
बुर्लाकोटी पार्टीका महामन्त्री हुन्। उनी गोरखा–२ बाट निर्वाचित हुन्।
त्यस्तै सांसद प्रकाशचन्द्र परियारलाई सचेतक नियुक्त गरिएको छ।
त्यस्तै सचेतकमा सांसद क्रान्तिशिखा धिताल नियुक्त भएको ती सांसदले बताए। प्रकाशचन्द्र परियार विवेकशील साझाबाट रास्वपामा समाहित भएका हुन्।
रास्वपा केन्द्रीय सदस्य धिताल समानुपातिक सांसद हुन्।