नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।
केही दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो।
चिकित्सकहरूको निगरानीमा आवश्यक उपचारपछि स्वास्थ्य अवस्था सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।
उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको र घरमै आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।
त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजी विभाग प्रमुख प्राडा दिव्यासिंह शाह, प्राडा महेशराज सिग्देलको टोलीले उनको शल्यक्रिया गरेको थियो।
टोलीमा प्राडा पलेश्वा जोशी लाखे, सहप्राडा विष्णुप्रसाद कँडेल, डा. दीपक शर्मा संलग्न थिए।
त्यस्तै, एनेस्थेसियोलोजी तर्फबाट डा. अमित शर्मा भट्टराई, डा.पंकज जोशी पनि संलग्न थिए।