राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समिति सदस्य सचिव मनोनीत गरेका छन्।
मोरङका गोपाल दाहाललाई आज अध्यक्ष लिङ्देनले सदस्य सचिव मनोनीत गरेका हुन्।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम दाहाललाई केन्द्रीय अनुशासन समितिको सदस्य सचिव पदमा मनोनीत गरेका हुन्।
साथै अध्यक्ष लिङ्देनले कालिकोटका धनबहादुर बुढालाई सदस्य पदमा मनोनीत गरेका छन्।
अनुशासन समिति अध्यक्ष पार्टीकी उपाध्यक्ष रोशन कार्की छिन्।