राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दुई नेतालाई निलम्बन गरेका छन्।
केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा अध्यक्ष लिङ्देनले आज दुई नेतालाई निलम्बन गरेका हुन्।
पार्टीको विधानको धारा ३२ (ङ) बमोजिम केन्द्रीय सदस्य नानीमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चम्पा अधिकारीलाई निलम्बन गरिएको प्रवक्ता मोहन श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ।
पार्टीको निर्णय र हित विपरीत अनुशासन उल्लङ्घन गरेकाले केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार उनीहरूलाई निलम्बन गरिएको राप्रपाको भनाइ छ।
समानुपातिक उम्मेदवार सूची हेरफेर गर्नुपर्ने माग गर्दै उनीहरू चुनावअघि पार्टी कार्यालयमा अनशन बसेका थिए।