नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान मस्यौदा कार्यदल बनाएको छ।
पार्टी केन्द्रीय संयोजन समितिको सोमबार बसेको बैठकले देवप्रसाद गुरूङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कन्दङ्वा रेखा शर्मा रहेको कार्यदल बनाएको हो।
त्यस्तै गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बर विक्रम थापा, जगदेव चौधरी, रामबहादुर चौधरी सदस्य बनेका छन्।
सरकारले असिम शाहको नेतृत्वमा संविधान संशोधनका लागि बहसपत्र कार्यदल बनाएको छ। उक्त समितिमा नेकपाले देव गुरूङलाई प्रतिनिधिका रूपमा पठाएको छ।