राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार सांसदहरूसँग अनौपचारिक छलफल गर्दैछ।
पार्टी सभापति रवि लामिछानेसहितले बुधबार बिहान ११ बजे पार्टी संसदीय दल कार्यालयमा सांसदहरूसँग छलफल गर्न लागेकाले काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरू उपस्थित हुन रास्वपाले भनेको छ।
छलफलको विषय भने रास्वपाले खुलाएको छैन। समसामयिक विषयमा छलफल गर्न खोजिएको रास्वपाका एक नेताले जानकारी दिए।
संसद छलेर अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना भइरहेको छ।
त्यस्तै व्यवस्थापनको ठोस योजना नबनाइ सुकुम्बासी बस्ती डोजर लगाएर भत्काएको विषयमा पनि सरकारको आलोचना भइरहेको छ।