गुडिरहेको कारमा ढुंगा खसेर आगलागी भएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा गुडिरहेको कारमा ढुंगा खसेर आगो लागेको हो।
बिहीबार सडक माथिबाट खसेको ढुंगा लागेर कारको पेट्रोल ट्याङ्की फुट्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
अपराह्न सवा ३ बजेतिर इच्छाकामना–५ स्थित तुइनखोलामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको कारमा माथिबाट अचानक ढुंगा खसेको थियो।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको खनालले बताए।