भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेट्ने भएका छन्।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाका एक नेताले बताए।
भेटवार्ता नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुनेछ।
भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने ती नेताले जानकारी दिए।
लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यतालिका छ।
भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।