भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र वास्तोला नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले समितिको अध्यक्षमा वास्तोलालाई नियुक्त गरेको सरकार प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार बैठकले समितिको सदस्यहरू पनि नियुक्त गरेको छ।
अमिर प्रसाद न्यौपाने, पद्मिनी सोती, र डा. रेहना श्रेष्ठलाई सदस्य नियुक्त गरेको छ।