विपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गरेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति नियतबश भए राजीनामा दिनुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीको अभिव्यक्ति नियतबश हो कि भूलबश हो भन्न् कुरा पनि संसदमै आएर जबाफ दिनुपर्ने उनले बताए।
'नियतवश यस्तो कुरा गर्नु भएको हो भने यो गम्भिर आपत्तिजनक विषय हो । यो विषयमा उहाँले राजीनामा गर्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ,' उनले भने।
भूलबश भएको हो भने यसलाई धेरै लामो समय लैजान नहुने उनको भनाइ छ।
' भूलवश हो भने यो विषयलाई हामीले धेरै ठूलो विषयको रुपमा अगाडि बढाउन उपयुक्त छैन । उहाँले जनताको अगाडि गल्तीबस भएको कुरालाई स्विकार गर्दै क्षमायाचना गर्दै अगाडि बढनु पर्दछ,' उनले भने।