नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा बसेको छ।
प्रतिपक्षी दल नेता भीष्मराज आङ्देम्बेको सचिवालयले दिएको जानकारीअनुसार बैठकमा भोटेकोशी बाढी, सर्वदलीय बैठक र त्यसका निर्णय कार्यान्वयन प्रक्रिया, सरकारले गठन गरेका पछिल्ला समितिहरूको कार्यसम्पादन र अन्य समसामयिक घटनाक्रमबारे छलफल भइरहेको छ।
बैठकमा कांग्रेसबाट संसदीय दल नेता आङ्देम्बे, प्रमुख सचेतक बासना थापा र सचेतक निश्कल राई छन्।
एमालेबाट संसदीय दल उपनेता पद्माकुमारी अर्याल र निता घताने सहभागी छन् भने नेकपाबाट प्रमेश हमाल र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन्।
श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई सहभागी छन्।