पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नुवाकोट पुगेका छन्।
भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि देउवा आज नुवाकोट पुगेका हुन्।
देउवासहित नेताहरूले नुवाकोटको ढुंगे क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अवस्था निरीक्षण गरेका छन्।
नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेतलगायत पनि नुवाकोट पुगेका छन्।
देउवा नुवाकोट पार्टी कार्यालयमा पनि पुगेका थिए।
तस्बिरहरू-


