सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले सिंहदरबारको पुनर्निर्माणको गति बढाउन माग गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले विध्वंशको एक वर्ष बितिसक्दा पनि सिंहदरबारको अवस्था उस्तै बेवारिसे रहेको बताएका हुन्।
देशको प्रमुख प्रशासनिक कार्यालय पुनर्निर्माणको काम नै यति सुस्त भए पछि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सहि दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने?,'उनले भने।
रास्वपा महामन्त्रीसमेत रहेका आचार्यले अगाडि भने, 'धेरै ढिला हुनुभन्दा अगाडि नै के-के नीतिगत र व्यवहारिक कमजोरीहरु छन्, त्यो पत्ता लगाऔं र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाऔं।'
विध्वंशको एक वर्षमै निजी क्षेत्रका संरचनाहरू अझै बलियो भएर उठेको उनले बताए।
'म घरबाट महाराजगन्ज र नक्सालका भाटभटेनी हुँदै यो गरिमामय सदनमा आउँछु। भदौ २४ को विध्वंशले खरानी बनेका ती व्यापारीक केन्द्रहरु आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन्। निजी क्षेत्रको त्यो उर्जा देखेर मलाई गर्व लाग्छ। तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देख्छु। यो पालिको बजेट नै नयाँ संसद हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी हलबाट आफ्ना कुराहरु राखिराखेको छु,' उनले भने।