नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश निर्वाचन संयोजक खटाएको छ।
केन्द्रीय निर्वाचन समितिले प्रदेश स्तरमा वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन समिति संयोजक बनाएको हो।
कोशीमा डिल्लीबहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्यायलाई खटाइएको संयोजक प्रेमबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले असोज ३ र ४ मा वडा अधिवेशन गर्दैछ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुनेछ।