राप्रपाले ४ जिल्लामा पत्र पठाएर कारबाहीमा परेका नेताहरूलाई पार्टीको कुनै पनि निकायमा समावेश नगर्न भनेको छ।
महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङले काठमाडौं, चितवन, दोलखा र धादिङ जिल्ला कार्यसमितिलाई पत्र पठाउँदै उक्त आग्रह गरेका हुन्।
कारबाहीमा परेर साधारण सदस्यबाट निस्कासन भएका काठमाडौंका उद्धव थापा, राजेन्द्र प्रजापति र राजु विष्ट तथा चितवनका गिरबहादुर तामाङलाई कुनै निकायमा समावेश नगर्न भनिएको हो।
त्यस्तै कारबाही प्रक्रियामा रहेका दोलखाकी मोनिका श्रेष्ठ, काठमाडौंका नुरज बज्राचार्य र धादिङका डम्बर तामाङलाई पनि पार्टीको कुनै पनि निकायमा समावेश नगर्न भनिएको पार्टीले जनाएको छ।