अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्।
भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी तथा विभिन्न उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए।
भेटवार्तामा नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार, लगानी तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो।
भ्रमण पूरा गरी अर्थमन्त्री वाग्ले शनिबार स्वदेश फर्किएका हुन्।