नेपाली कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरू गरेको छ।
शनिबार ४४ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शनिबार ४४ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति आएको छ।
बाँकी वडाहरूमा आइतबार अधिवेशन हुनेछ।
कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो।
वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन्।
आइतबार ३० जिल्लाका वडाहरूमा अधिवेशन हुनेछ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तथा मधेसको सिराहामा पछि अधिवेशन हुनेछ।