नेकपा एमालेले स्थायी कमिटीमा ७ जनालाई मनोनीत गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीले ७ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेका हुन्।
ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, काशीनाथ दवाडी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फेलाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको हो। यसको जानकारी आजको केन्द्रीय कमिटी बैठकमा दिइएको छ।