राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।
शनिबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।
बैठकमा समसामयिक विषयमा छलफल हुने पनि प्रवक्ता खरेलले जानकारी दिए।