भारत, चीन र इसराइलका लागि नवनियुक्त नेपाली राजदूतहरूले शपथ लिएका छन्।
भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र इसराइलका लागि सुरेशकुमार कर्ण राजदूतमा नियुक्त भएका थिए।
उनीहरूले सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।
उनीहरूलाई आजै राष्ट्रपतिले राजदूतमा नियुक्त गरेका थिए।