गोरखा दरबारको दसैं घरबाट काठमाडौंंस्थित हनुमानढोका दरबारमा फूलपाती पठाइएको छ।
शनिबार बिहान ९ बजे बा २० च ४३९४ नम्बरको गाडीमा राखेर गोरखा दरबारका पूजारी लोकनाथ भट्टराईले फूलपाती हनुमानढोका लगेका हुन्।
दरबारबाट सतिपिपल चौतारोसम्म फूलपाती बोकेर ल्याइएको थियो। गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र वडा नम्बर ६ का वडाध्यक्ष नारायणबाबु अर्यालले पनि केहिबेर फूलपाती बोके।
गोरखा दरबार हेरचाह अड्डा, सतिपिपल क्लब, गोरखा धिमे पुच र युनिटी अफ गोरखाको सहकार्यमा फूलपाती पठाइएको हो।
गोरखाबाट दशैंंमा बर्सेनि फूलपाती काठमाडौंं पठाइन्छ। `फूूलपाती पठाउन आवश्यक पर्ने आर्थिकलगायत ब्यबस्थापन आगामी बर्षदेखि नगरपालिकाले गर्छ´ मेयर पन्तले सेतोपाटीसँँग भने।
पृथ्वीनारायण शाहले काठमाडौंं बिजयी गरेर राजकाज सुरु गरेदेखी निरन्तर गोरखाबाट हनुमानढोका फूलपाती पठाइँदै आएको दरबार हेरचाह अड्डाले जनाएको छ।