बहुविवाह मुद्दामा नायिका शिल्पा पोखरेल साधारण तारेखमा छुटेकी छन्।
शुक्रबार काठमाडौं जिल्ला अदालतले पोखरेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई तारेखमा छोड्न आदेश दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।
बहुविवाह मुद्दा लागेकी उनीविरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। पक्राउ पूर्जी जारी भएपछि पोखरेल शुक्रबार सुटुक्क अदालत पुगेकी थिइन्।
निर्माता छविराज ओझा र पोखरेलविरूद्ध ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह मुद्दा हालेकी थिइन्। बहुविवाह मुद्दामा फरार रहेपछि दुबैलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पूर्जी जारी भएका निर्माता ओझा भने अदालत गइसकेका छैनन्। पोखरेल ओझाकी कान्छी श्रीमती हुन्। केही समयअघि उनीहरूबीचको सम्बन्ध कटुतापूर्ण भएपछि विवाद प्रहरीमा पुगेको थियो। ठिक त्यहीबेला हेमाले दुबैविरूद्ध अदालतमा मुद्दा हालेकी थिइन्।