सोमबार साँझ कंलकी दुर्घटनामा परी घाइते भएकाको पहिचान खुलेको छ।
सोमबार एउटा ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा दर्जन बढी सवारी साधनमा क्षति पुगेको थियो।
घाइते हुने रोल्पा-७ घर भएका २१ वर्षीय राहुल बुढाथोकी, गोरखा आरुघाट घर भएका ४७ को जित बहादुर गुरुङ ,दोलखा घर भएका भीमेश्वर-९ घर भएका ४२ वर्षीय गणेश खत्री,नुवाकोट घर भएका ४३ वर्षीय मुना तामाङको सहिद मेमोरियल अस्पतालको आइसियुमा उपचार भइरहेको छ भने र भारत विहार मोतिहारी घर भएका ४५ वर्षीय मदन माझीको वीर अस्पतालको ट्रमा सेन्टरको आइसियुमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ।
अन्य चार जना भने उपचारपछि घर फर्किएका छन्।
थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा कलंकी नजिक ढुंगाअड्डाको ओरालोमा ११ वटा सवारीसाधनलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी एक जनाको सोमबारै मृत्यु भएको छ।
यो पनि :
कलंकीमा ‘भयानक’ दुर्घटना, एउटा ट्रकले हान्यो ९ सवारीसाधन, एकको मृत्यु