कपिलवस्तुमा छ वटा गाडीमा आगजनी भएको छ।
अज्ञात समूहले विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरैलामा पाँच र शिवराज नगरपालिका वडा नम्बर ९ मा एक गरी छ वटा गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए।
उक्त समूहले विजयनगरमा दुई वटा जेसिभी, एउटा स्काभेटर र दुई वटा जीपमा आगजनी गरेको छ। यस्तै शिवराज नगरपालिका वडा नम्बर ९ मा स्काभेटरमा आगजनी गरेको मल्लले बताए।
त्यस्तै हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा लोहोरौहियामा आगजनी भएको बताइएको छ।
हुलाकी मार्ग निर्माणमा प्रयोग गरिएका निर्माण साधन र सोही कम्पनीले प्रयोग गरेका साधनमा आगजनी भएको हो। गाडिमा आगो कस्ले किन लगाएको भन्ने अनुसन्धान भइरहेको छ।