रोल्पामा मंगलबार भएको अटो दुर्घटनामा परि चालकको मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका– १ का २५ वर्षीय अटो चालक जोगमान बस्नेतको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रjक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए।
उनका अनुसार मंगलबार दिउँसो लुङ्ग्री– ४ धुले ओडार सिर्पबाट सुलिचौरतर्फ जाँदै गरेको अटो अनियन्त्रित विद्युत पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका चालक बस्नेतलाई प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रदेश अस्पताल बुटल लागिएको थियो।