काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट १० हजार बढीको परीक्षण गर्दा ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नागढुंगा, फर्पिङ र साँगा नाकाबाट १० हजार ८ सय ५३ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
जसमा नागढुंगा नाकामा १६ जना, साँगामा १३ र फर्पिङबाट संकलन गरिएको स्वाबमा ११ जनामा संक्रमण देखिएको हो।
सरकारले पछिल्लो समय उपत्यकामा संक्रमण जोखिम बढेको भन्दै यी तीन वटा नाकाबाट १० हजार जनाको परीक्षण गर्ने जनाएको थियो।