कोरोना महामारीले सरसफाइमा बाधा पुर्याएको भन्दै काठमाडौं महानगरपालिकाले सकेसम्म घरैमा फोहोर व्यवस्थापन गर्न अपील गरेको छ।
कोरोना भाइरसका कारण नगरभित्रका कतिपय क्षेत्रहरू सिल गरिएको छ।
महानगरपालिका वातावरण विभागले आवतजावत बन्द गरिएका क्षेत्रभित्र फोहोरमैला व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको हो।
‘नेपाल सरकार, स्थानीय सरकार, सुरक्षा नियकाले सट डाउन, सिल, आवतजावतमा प्रतिबन्ध लगाएको कारणले समयमा फोहोरमैला व्यवस्थापन कार्यमा कठिनाइ परेको छ,’ विभागद्वारा जारी सूचनामा लेखिएको छ, ‘उक्त क्षेत्रभित्रबाट निस्कने फोहोरमैला अर्को व्यवस्था नभए सम्मका लागि आफैंले व्यवस्थापनमा सहयोग गरिदिनु होला।’