पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी,नेपालका नेता बाबुराम भट्टराईले बुधबार खुलामञ्चमा पुगेर खाना बाँडेका छन्।
राजधानीको खुलामञ्चमा केही समयदेखि हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले लकडाउन र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएर खान नपाएकाहरूलाई खाना खुवाउँदै आएका छन्।
यही क्रममा भट्टराई बुधबार बिहान खाना बाँड्न पुगेका हुन्। भट्टराईसँगै पत्नी हिसिला यमी पनि खुलामञ्च पुगेकी थिइन्।
उनीहरू बिहान साढे ९ खुलामञ्च पुगेका थिए भने दश बजेसम्म खाना बाँडेका थिए।
तस्बिरहरू: