सप्तरीमा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ।
आइतबार दिउँसो ३ बजे खडक नगरपालिका-९ लालपट्टीमा दक्षिण फुलबरियाबाट उत्तर कल्याणपुर जाँदै गरेको ट्याक्टरबाट एक बालक खसेका थिए।
सप्तरी खडक नगरपालिका-१० का २२ वर्षीय मुन्नाकुमार यादवले चलाएको स १ त ७३८८ नम्बरको ट्याक्टरमा सवार १२ वर्षीय विशाल भगत खसेका थिए।
ट्याक्टरबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले बताए।
उनको एड्भान्स सुरक्षा अस्पताल कल्याणपुरमा प्राथमिक उपचार गराइ राजविराज लग्ने क्रममा मृत्यु भएको हो।
पोष्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पतालको गृहमा शव राखिएको छ।
प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ। चालक मुन्नालाई प्रहरीले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।