नेपालगञ्ज र ओखलढुंगाका दुई जना कोरोना संक्रमितलाई हेलिकप्टरबाट झापाको बिएण्डसी अस्पताल लगिएको छ।
मंगलबार अल्टिचुड एयरको हेलिकप्टरले दुई जना कोरोना संक्रमितलाई बिएन्डसी अस्पताल पुर्याएको हो।
कोरोनाले गम्भीर बिरामी भएका नेपालगञ्जका ६१ वर्षीय प्रेमकुमार सोनी र ओखलढुंगाका ५५ वर्षीय नरनाथ फुयाँललाई बिएन्डसी लगिएको हो।
दुबैलाई आइसियूसहितको उपचार कक्ष आवश्यक थियो। ‘आइसियू बेड नपाएपछि हेलिकप्टरबाट यहाँ ल्याएको हो,’ बिएण्डसीका सूचना तथा जनसम्पर्क अधिकारी प्रमिस गिरीले भने।
दुबैलाई आइसियूमा भर्ना गरेर उपचार थालिएको गिरीले बताए।
पछिल्लो समय बिएण्डसीमा हेलिकप्टर चार्टर्ड गरी कोरोनाका गम्भीर बिरामीलाई लैजाने गरिएको छ।
यसअघि दाङ, पर्सा र काठमाडौंबाट चार जनालाई हेलिकप्टर चार्टर्ड गरी बिएण्डसी लगिएको थियो।