सिन्धुलीमा एसबिआई बैंकमा लुटपाट भएको छ।
घ्याङलेख गाउँपालिका वडा नम्बर ५ मा रहेको एसबिआई शाखा बैंकमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।
उनका अनुसार घटना मंगलबार राति साढे ७ बजेतिरको हो।
पहिचान नखुल्ने गरी आएको करिब ५/६ जनाको समूहले सुरक्षा गार्डमाथि कुटपिट गरी बैंकमा लुटपाट गरेको एसपी सुवेदीले बताए।
घटनापछि राति साढे ८ बजेतिर मात्रै प्रहरीलाई खबर भएको थियो।
'हामी घटनास्थलतर्फ जाँदैछौं। ढिला गरी खबर भएको छ। पुगेपछि थप खुल्छ,' एसपी सुवेदीले भने।