निषेधज्ञाको समयमा लुकिछिपी होटलभित्र तास खेलिरहेका ६ जनालाई झापाको दमक प्रहरीले नगदसहित पक्राउ गरेको छ।
दमक नगरपालिका वडा नं.८ स्थित पदम लिम्बूले सञ्चालन गरेको पेरुङ्गो होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा नगदसहित उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ पर्नेमा होटल संचालक पदम सुब्बासहित दमक ५ का कैलाश लिम्बू, सोही ठाउँका मोहन ढुङ्गाना, दमक ६ बस्ने द्रोणचार्य कार्की, प्रेम सुब्बा र भिम सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
प्रहरीले उनीहरूको साथबाट १ लाख ६० हजार रूपैयाँ नगद पनि बरामद गरेको छ।