नेपालमा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो पछिल्लो समयको सबभन्दा कम संक्रमित थपिएका हुन्।
जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३६५ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
३६७१ जनाको पिसिआर परीक्षण र १९२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ।
६०९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.८ प्रतिशत छ।
त्यस्तै काठमाडौं उपत्यकामा थप १६३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १२२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा २९ संक्रमित थपिएका हुन्।