सप्तरीमा पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान पौने ६ बजे रूपनी गाउँपालिका-२ पिपराहीस्थित जेएसआर इट्टा भट्टाको पर्खाल भत्किएर लाग्दा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहका अनुसार भट्टाबाट इट्टा निकाल्ने क्रममा पर्खाल भत्किएको हो। उक्त घटनामा भारत विहार ग्राम पंचायत अठरजनि बस्ने ४५ वर्षीय अलिम अजिमको मृत्यु भएको हो। उनी उक्त भट्टामा काम गर्ने मजदुर हुन्।
पर्खालले लागेपछि घाइते भएका उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा लगिएको थियो। त्यहाँ उपचार गराउने क्रममा पौने ७ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
यस घटनामा अन्य दुई जना पनि घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९, १३:५८:००