रामेछापमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शनिबार दिउँसो ३ बने खाँडादेवी गाउँपालिका-१ डाँडागाउँ डेलपोखरीमा बोलेरो गाडी दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको हो
वडा नम्बर ७ तालदुमबाट काठमाडौं जाँदै गरेको बा १६ च ३२२५ नम्बरको गाडी सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनापछि खाँडादेवी-७ बस्ने ३३ वर्षीय कालुमान तामाङको मृत्यु भएको हो।
अन्य सात जना घाइतेको उपचार भइरहेको छ। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९, १९:०७:२३