ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता १० वर्षका बालखको पनि शव भेटिएको छ।
चम्पादेवी गाउँपालिका–८ विलन्दुमा गएराति पहिरो जाँदा रणबहादुर गुरूङको घर पहिराले बगाउँदै परिवारका सबै सदस्य बेपत्ता थिए।
बिहान बाबु रणबहादुर, पत्नी शिवमाया, १८ महिनाकी छोरी कविताको शव भेटिएको थियो। केही बेरअघि छोरा दिनेशको पनि शव फेला परेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए।
एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् ।
राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ । ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।
वडाध्यक्षको अनुसार घनाबस्ती रहेको गाउँको सिरानबाट पहिरो चलेको छ। पहिराले अरू घरमा पनि क्षति पुर्याएकाले उद्धार र राहतको खाँचो रहेको उनले बताए।