नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरू गरेपछि बबरमहलस्थित टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ।
राष्ट्र बैंकले बिहीबारदेखि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरू गरेको हो।
असर्फी तथा मेडालियन खरिद गर्न सर्वसाधारण टक्सार महाशाखामा पुगेपछि त्यहाँ लामो लाइन लागेको छ।
राष्ट्र बैंकले सर्वसाधारणका लागि शुक्रबारसम्म सुन तथा चाँदीका सिक्का खरिद गर्न पाउने व्यवस्था गरेको छ।
उक्त व्यवस्थाअनुसार एक व्यक्तिले प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी खरिद गर्न पाउनेछन्। त्यस्तै, लक्ष्मी र गणेश अंकित १० ग्रामका दुई थान चाँदीका मेडालियन पनि खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
तिहारमा धनतेरस तथा लक्ष्मीपूजाका अवसरमा सुनचाँदीका सिक्का किन्ने परम्परा रहेकाले टक्सारमा सर्वसाधारणको चहलपहल बढेको हो।
तस्बिरहरू:
-1793861200.jpg)
-1793861200.jpg)
-1793861200.jpg)
-1793861200.jpg)
-1793861199.jpg)
-1793861200.jpg)
-1793861200.jpg)
-1793861199.jpg)
-1793861199.jpg)
-1793861199.jpg)
-1793861198.jpg)
-1793861198.jpg)
-1793861198.jpg)
-1793861197.jpg)
-1793861197.jpg)
-1793861198.jpg)
-1793861198.jpg)
-1793861197.jpg)
-1793861197.jpg)
-1793861196.jpg)
-1793861196.jpg)