गोरखाको मनकामनामा भएको जीप दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरका छन्।
शहिद लखन गाउँपालिका–३ मा गएराति सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।
‘गोरखा जिल्लाको सहिदलखन गाउँपालिका–३ मा सवारी दुर्घटना हुँदा ५ जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु। दुर्घटनामा परी निधन हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। दुर्घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले शोक सन्देशमा भनेका छन्।
जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले शोक बिदा दिएको छ।
दुर्घटनामा १२ जना घाइते भएका थिए। मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ।
दुर्घटनामा वर्ष २४ को वीरबहादुर थापा मगर, वर्ष ६४ को पुरुष थनबहादुर थापा, वर्ष २५ को प्रविन थापा, वर्ष १८ को पुरुष निराज थापा र वर्ष १७ की नवीना थापा रहेको प्रहरीले जानकारी दिएको छ।