धादिङको रूवीभ्याली गाउँपालिकाको गाउँसभामा झडप भएको छ।
आइतबार गाउँसभामा विवाद हुँदा झडप र तोडफोड भएपछि एक जनालाई नियन्त्रणमा लिएको धादिङका डिएसपी सन्तु जैसवालले जानकारी दिए।
उनका अनुसार नगर सभामा स्कुलको लागि बजेट छुट्याएन भनेर विवाद उत्पन्न भएको थियो।
'स्कुलको लागि बजेट छुट्याइएन भनेर झडप भएको रहेछ', उनले भने, 'राजनीतिक कुरा रहेछ। अहिले एक जनालाई नियन्त्रणमा लिएका छौं।'
गाउँसभाको बीचमा झडप भएको थियो। अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।