काठमाडौं महानगरपालिकाले सबै निजी विद्यालयहरूलाई विद्यार्थीसँग लिने प्रस्तावित शुल्क शिक्षा विभागमा पेश गर्न अनुरोध गरेको छ।
महानगरले निजी विद्यालयले विद्यार्थीहरूसँग कुन-कुन शीर्षकमा कति शुल्क लिने निर्णय गरेको छ। सो विवरण असार मसान्तसम्म पेश गर्न भनेको छ।
'महानगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयहरूले शैक्षिक सत्र २०८० / ०८१ मा कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीहरूसँग के-के शीर्षकमा के-कति शुल्क लिने हो? काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव मिति २०८० असार मसान्त भित्र यस विभागमा उपलब्ध गराइदिनु हुन अनुरोध छ।'
