खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले पाँच दिने चित्रकला प्रदर्शन गर्ने भएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले पाँच दिने 'मुन्दुम' अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा गरिने जानकारी दिए।
उनका अनुसार कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने यस प्रदर्शनीको मूल उद्देश्य हो।
'यो प्रदर्शनी असोज १७ गतेदेखि २१ गतेसम्म दिक्तेल तथा आसपासका स्थानहरूमा केन्द्रित रहेर चल्ने छ,' उनले भने, 'नेपाल, अस्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायत देशबाट अन्तर्राष्ट्रिय चित्रकारहरूको सहभागिता पनि हुनेछ।'
यस कार्यक्रमबाट खोटाङ जिल्लाकै कला, संस्कृतिको संरक्षण र विकास हुनुका साथै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित गराउनु रहेको उनको भनाइ छ।