कञ्चनपुरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
मंगलबार दिउँसो भीममदत्त नगरपालिका–७ हल्दुखालका ६५ वर्षीय धनगिरी भुलको बसको ठक्करबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार सु.प.प्र. ०२००१ क ४८८ नम्बरको बसले भुललाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।