ललितपुर महानगरपालिकाले नख्खुखोलामा पुल निर्माण गर्ने भएको छ।
बुधबार महानगरका प्रमुख चिरीबाबु महर्जनले वडा नम्बर १४ स्थित नख्खुखोलामा निर्माण हुने पुलको शिलान्यास गरेका हुन्। उक्त पुलले वडा नम्बर १४ र २५ लाई जोड्ने छ। पुल निर्माणले महानगर-१३, १४, १८, २५, २६ र २७ का बासिन्दालाई सहज हुने महानगरपालिकाले जनाएको छ।
ललितपुर उपमहानगरलाई महानगर बनाउने क्रममा गाभिएका गाविससँग चक्रपथभित्रका वडासँग जोड्न पुल निर्माण भइरहेको र यसले ठूलो भूमिका खेल्ने प्रमुख चिरीबाबु महर्जनले बताए।
‘सुनाकोठी र कुसुन्तीमा निर्माणसम्पन्न हुँदै गरेका पुल र यो पुलले कनेक्टिभिटीमा धेरै महत्व राख्छ, आवतजावज सहज हुन्छ’, उनले भने।